फेरिएका बयान



‘नेता हुन् त कम्रेड ओली जस्ता’, ‘स्पष्ट वक्ता, ‘अडानमा अडिग’, यस्तै धेरैथरी प्रशंसा र चर्चा सुनिथ्यो उनको बारेमा। २÷३ महिना अघिसम्म दिल खोलेर उनको प्रशंसा गर्नेहरू आफ्नो शैली बदल्न थाल्या छन्, अर्थात् ओली विरोधी बन्न थाल्या छन्।

उनको बोलीको ठेगान भए पो विरोधी नबढ्नु ? एक दिनअघि भन्छन्– ‘सडकका खाल्डाखुल्डी मैले पार्या हो र, अनि अर्को दिन मन्त्रीहरूलाई निर्देशन दिँदै भन्छन्– ‘खाल्डाखुल्डी तत्कालै पुर्नु, सडकको अवस्था तत्कालै सुधार्नु।’ उनी कति शक्तिशाली र उनको आदेश कति कडा हो भने सडकको अवस्था छिटै सुध्रिएला।

अनि दुई तिहाइ बहुमत प्राप्त सरकारका निकै शक्तिशाली मन्त्रीहरू पनि उस्तै सडक मर्मतसंभार गर्न पनि प्रधानमन्त्रीको आदेश कुर्नुपर्ने, हरे देश ! ओलीले धेरै थरी सपना बाँडे, तर सपना सपनामै सीमित हुन थालेपछि उनका ‘फ्यान’हरू राम्रैसँग विच्किन थाल्या छन्, ओलीको कार्यशैली विपक्षीलाई राम्रै मसला बन्या छ। हुँदाहुँदा अब त धेरै मन्त्रीहरू पनि उनीसँग चिडिन थाल्या चर्चा छ।

मन्त्रीपरिषद् बैठक डाक्ने अनि २ घन्टासम्म पनि बैठकमा नपुग्ने, बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा बैठक डाक्न थालेपछि कुन चाहिँ मन्त्रीले मनैदेखि उनको गुनगान गाउछ र ? धरहराले मन्त्रीहरूको कानेखुशी नसुन्या हो र ?

प्रतिक्रिया दिनुहोस्