पंचायती व्यवस्था कायमै: मुख्यमन्त्री गुरुङ



अमृत अर्याल, स्याङजा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्ले स्थानिय तहमा पंचायती अवस्था कायमै रहको बताउनु भएको छ । पुतलिबजार नगरपालिका र चेम्बर अफ कमर्श स्याङ्जाले गरेको आर्थिक बहस कार्यक्रम पुतलिबजार नगरपालिकाको बर्तमान अवस्था, सम्भावना र चुनौतीहरु कार्यक्रममा गुरुङले नियम एउटा र काम अर्को ढंगले गर्ने गरेको बताउनुभयो । उहाँले असार १० सम्ममा स्थानिय तहमा निति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने रहेपनि हाल सम्म हुन नसकेको बताउनुभयो । उहाँले बिकासको आवश्यकतालाई पहिलो ठाउँमा राख्नुको सट्टा आसे पासे र आफ्नो मान्छेलाई बजेटको बिनियोजन गर्ने परम्परा रहेको ठोकुवा गनुभयो ।

आर्थिक समृद्धिका लागि एउटा सरकारलाई बढाएर ७६१ सरकार बनाएको बताउदै मुख्य मन्त्री गुरुङ्ले पुरानो सरकारको प्रत्याभुती नदिन स्थानिय सरकारलाई निर्देशन दिनुभयो । उहाँले पुतलिबजारको आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलस्रोतको चाजोपाजो मिलाएमा आर्थिक बहसले सार्थकता पाउने बताउनुभयो । उहाँले रोजगारीको सृजना, गरिबी कम, बेरोजगारको अन्त्य गर्न सक्ने योजनालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले पर्यटन, कृषि र जलश्रोतले रोजगारीको सृजना गर्ने हुदाँ प्रदेशको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले उचित ढंगले काम गर्ने अवस्था नआएमा आर्थिक समृद्धिको नारा नारामा सिमित हुने बताउनुभयो । संघिय सरकारले ल्याएको बजेट एकात्मक ढंगको भएको बताउदै मुख्यमन्त्री गुरुङ्ले जनताका आवश्यकता स्थानिय सरकार मार्फत घर घरमा पु¥याउनुपर्ने बताउनुभयो ।

स्थानिय सरकार साबिकको गाबिस र नगरपालिका नभएको बताउदै गुरुङ्ले सबै अधिकारले सम्पन्न सानो सरकार भएको बताउनुभयो । आर्थिक समृद्धिको लागि शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको बताउदै गुरुङ्ले ५ बर्ष भित्र ७० प्रतिशत शिक्षा प्राबिधिक शिक्षा हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारायण प्रसाद मरासिनी, पर्यटन सहसचिब बुद्धिसागर लामिछाने, चेम्बर अफ कर्मशका उपाध्यक्ष दिपक मलहोत्रा, नवराज ढकाल, ब्यवसायी भानु पोख्रेल, बातावरण बिद धनन्जय रेग्मी, अम्बिका ढकाल, बिश्व पौडेल, दिपक लम्साल, चेम्बर अफ कमर्शका अध्यक्ष नन्द कुमारी लम्साल, अनन्त कुमार श्रेष्ठ लगायतले आर्थिक बिकासमा मोडल म्यापको खाचो रहेको बताएका थिए । नगर प्रमुख सिमा कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कमर्शका महासचिब लोकनाथ रग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्