प्रेममय नाइँ नभन्नु ल



र्माता निर्देशक विकास आचार्यले लगातार हिटको व्यापार गर्दै आएको नाइँ नभन्नु लको नामका आधारमा बनाएको पाँचौं संस्करण आगामी भदौ ८ गते अल नेपाल रिलिजमा आउने भएको छ। यसै सन्दर्भमा यसको निर्माण कम्पनी वन टाइम सिनेमाले मंगलबार राजधानीमा एक समारोह आयोजना गरी नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक गरेको छ।

बालबालिकाको प्रेमलाई फिल्ममा प्रस्तुत गर्दै आएका आचार्यले पाँचौं संस्करणको फिल्मको ट्रेलरको केन्द्रमा पनि बालबालिकालाई प्रस्तुत गरेका छन्। प्रेममय ट्रेलरमा अनुभव रेग्मी र यही फिल्मबाट डेब्यु गरेकी सेड्रिना शर्माले मुख्य स्थान पाएका छन् भने अभिषेक नेपाल र स्वस्तिमा खड्का पनि अटाएका छन्।


अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मिठासपूर्ण संगीत नाइँ नभन्नु लको शृंखलाका विशेषता मानिँदै आएको छ। ‘मीठा संगीत र इमोसनल स्टोरी त छ नै यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले थप अब्बल बनेको हाम्रो विश्वास छ।’ –समारोहमा विकासले दाबी गरे। फिल्मको दोस्रो शृंखलादेखि आबद्व हुँदै आएकी नायिका प्रियंकाले फिल्ममा आफ्नो छोटो तर महŒवपूर्ण भूमिका रहेको बताइन्। ‘रोलभन्दा पनि सिरिजको यात्रामा भाग लिन यो फिल्म खेलेकी हुँु’, प्रियंकाको भनाइ थियो– ‘कथा र प्रस्तुति यसमा फरक पाउनु हुनेछ।’ इलाम र झापालाई कथाको पृष्ठभूमि बनाइएको फिल्ममा अभिषेक नेपाल र सेड्रिना शर्माले डेब्यु पाएका छन्।

 

हरिबोल भण्डारी र गौरीराज जोशीद्वारा निर्मित फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, उत्तम केसीलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् भने सामीप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन, दिनेश थपलियाको गीत रचना, वसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्