मस्कको पनडुब्बी लिन अस्विकार



लस एन्जलस (एजेन्सी)
थाइल्यान्डको गुफामा फसेका केटाहरुलाई उद्धारमा सहयोग गर्ने चासो देखाउँदै पनडुब्बी उपलब्ध गराउन सक्ने एलोन मस्कको प्रस्तावलाई थाइ सरकारले ‘ब्यवहारिक नभएको बताए । पनडुब्बीको प्रयोग बच्चाहरुको उद्धारमा उपयोगी हुन नसक्ने बताउँदै थाइ सरकारले सालिनता पुर्वक अस्विकार गरेको थियो ।

यद्यपी थाई नेभी सिल्सको नेतृत्वमा भइरहेको उद्धार अभियान १२ बच्चा र उनीहरुका प्रशिक्षकको सफल उद्धारसँगै समाप्त भइसकेकोे छ ।

एलोन मस्कले थाइल्यान्डको गुफामा फसेका १२ बालक र तिनीहरुका फुटबल कोचको समुहलाई उद्धारमा सहयोग गर्न एउटा नमुना पनडुब्बी बनाएका थिए ।

अर्बपति ब्यापारी तथा निजि अन्तरिक्ष कार्यक्रम स्पेस एक्सका मालिक एलोन मस्कले गुफामा फसेका समुहलाई मुक्त गर्न उपयुक्त हुने पनडुब्बी डिजाइनका लागि काम गरिरहेको विषयमा थाइल्यान्डमा गुफा विज्ञहरु छलफल गरेका थिए ।

उक्त पनडुब्बी पर्याप्त सुरक्षित हुन सक्ने उनले जानकारी दिएका थिए । बच्चा आकारको सानो पनडुब्बीलाई दुईजना गोताखोरले सजिलै बोक्न सक्नेगरी हलुका भएको र साँगुरो ठाउँमा पनि सजिलै छिराउन सक्ने भएको उनले बताएका थिए ।

मस्कको टोलीले उक्त फुच्चे पनडुब्बी चलाउन स्पेसएक्स फाल्कोन रकेटको तरल अक्सिजन ट्युबको प्रयोग गरेका छन् । आफनो ट्विटरमा लगातार सेयर गरिएको भिडियोमा मस्कले उक्त पनडुब्बी लस एन्जलस स्थित एउटा हाइ स्कुलको स्विमिंगपुलमा उनको टोलीले परीक्षण गरिरहेको देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्