इरानमा महिलाहरु धमाधम डान्स गर्दै



तेहरान,(एजेन्सी)
इरानमा थुप्रै महिलाले सामाजिक संजालमा आफ्ना डान्स गरिरहेको भिडियो धमाधम सार्वजनिक गरिरहेका छन् । वास्तवमा तिनीहरुको यो अनौठो अभियानको उद्देशय आफ्ना डान्स भिडियो मार्फत एक किशोरीको गिरफ्तारीको विरोध गर्नु रहेको छ ।

पक्राउ परेकी मीदा होजाब्रीले इरानी र पश्चिमी संगीतमा डान्स गरिरहेको सबै भिडियो सार्वजनिक गर्दै अरुहरुलाई पनि आफ्नो अनुशरण गर्न आब्हान गरेी छिन् । यी किशोरीको गिरफ्तारीपछि सोसल मिडियामा इरानी जनताले युवा डान्सरको समर्थन गर्न सुरु गरेका छन् ।
होजाब्रीको समर्थनमा गर्दै सबैले ‘नाच्नु कुनै अपराध होइन’ भन्ने आशयको ह्यासट्याग प्रयोग गरिरहेका छन् ।

इरानमा महिलाहरुले सम्पुर्ण शरिर ढाक्ने पोशाक लगाउनु पर्ने र पुरुषहरुसँग डान्स गर्न नपाउने कडा कानुनी प्रावधान रहेको छ । तर परिवारका सदस्यसँग भने यो नियममा छुट दिइएको छ ।

डान्स भिडियोमा होजाब्री हिजाब अर्थात टाउकोमा लगाउने स्कार्फबिना देखिएकाले सरकारले आपत्ति जनाएके हो । होजाब्रीकै अनुशरण गर्ने अन्य डान्स कलाकारलाई पनि हालै पक्राउ गरिएको छ । इरानमा डान्स गर्नेहरुलाई पक्राउ गरिएको यो पहिलो घटना भने होइन ।

चचिर्त ब्लगर हुसेन रोनाघीले यस सम्बन्धमा यसरी टिप्पणी गरेका छन् , ‘ यदि तपाईंले १७–१८ वर्षकी किशोरीले आफ्नो डान्स, खुसी र सुन्दरताले अभद्रता फैलाएको आरोपमा पक्राउ गरिएको तर बाल बलात्कारी र अन्य आरोपी खुल्लमखुल्ला घुमिरहेका छन् भन्ने खवर सुन्दा छक्क पर्नुपदैन ।’

प्रतिक्रिया दिनुहोस्