गुफामा फसेका १२ बच्चा र फुटबल प्रशिक्षक सबैको सुरक्षित उद्धार



बैंकक (एजेन्सी)
उत्तरी थाइल्यान्डको टेम लुङ गुफामा फसेका बाँकी चार बच्चा र उनका प्रशिक्षकलाई पनि सुरक्षित निकालेको छ ।

यो सँगै गुफामा फसेका १२ केटा र उनीहरुका फुटबल प्रशिक्षकलाई बचाउने लामो र जोखिम पुर्ण उद्धार अभियान सफलता पुर्वक सम्पन्न भएको छ । ती केटाहरु ११ देखि १७ बर्षका छन् ।

थाइल्यान्ड नौसैनिक सिल्सले सबै १२ बच्चा र उनका प्रशिक्षकलाई सुरक्षित निकालिसकेको पुष्टी गरेका छन् । यद्यपी उद्धार टोलीका एक चिकित्सक सहित ४ गोताखोर अझै गुफाबाट बाहिर निस्कन बाँकी रहेको बताइएको छ ।

सोमबार साँझसम्ममा ८ बच्चालाई पहिल्यै सुरक्षित बाहिर निकालिसकेको थियो । १२ फुटबल खेलाडी आफना कोचसँग जुन २३ मा गुफामा गएका थिए र उनीहरु त्यहीँ फसेका थिए । पुरै अध्यारो पानीले भरिएको र अत्यन्न कठिन मार्गको उक्त गुफाबाट ती बच्चाहरुलाई सुरक्षित बाहिर निकाल्ने अभियानमा विश्व भरीकै ध्यान केन्द्रित भइरहेको थियो ।

यसअघि थाइल्यान्डका प्रधानमन्त्रीले बाहिर निकाल्ने कठिन प्रक्रियाका क्रममा नडरोस् भन्ने हेतु बच्चालाई बाहिर निकाल्नु अगाडी औषधी दिइएको जानकारी दिएका थिए । बच्चालाई बाहिर निकाल्नु अगाडी बेहोस गरिएको थियो भन्ने समाचारको भन्ने प्रधानमन्त्री प्रयुत चान ओचाले खन्डन गरेका छन् ।

केटाहरुलाई चिन्ता निवारक औषधि दिएको उनले बताए । योसैनिकले लिने औषधी जस्तै हो । उनले भने–यो औषधी सेवनपछि हाम्रो ध्यान एकैतिर केन्द्रित रहन्छ र सार्प सुटिङ राम्रो हुन्छ ।


सोमबारसम्ममा गुफाबाट निकालिएका सबै आठ बच्चाको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको थाइल्यान्डका एक स्वास्थ्य अधिकारीले दिएको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयका स्थायी सचिव जिसेदा चोदेमोंगसुकले भने– सबै आठ बच्चाको स्वास्थ्य राम्रो छ, उनीहरुमा कुनै प्रकारको ज्वर छैन । उनीहरुको मानसिक स्थिति पनि राम्रो छ ।

ती सबै बच्चाको एक्सरे र रक्त परीक्षण भइसकेको र त्यसको सबै रिपोट ठीक रहेको बताइएको छ । यद्यपी दुई बच्चाको फोक्सोमा संक्रमणको आसंका गरिएको र उनीहरुको उपचार भइरहेको छ । उनीहरुलाई कम्तिमा सात दिनसम्म अस्पतालमा चिकित्सकहरुको निगरानीमा राखिने छ ।

केही बच्चाको सरीरको तापक्रम कम र केहीको मुटुको चाल अलि ढीलो रहेको बताइएको छ । बच्चाहरुलाई सुरुमा ‘इन्टेन्ट फुड ‘ र ‘इनर्जी जेल‘ दिइएको स्वास्थ्य अधिकारीहरुले बताए । अहिले उनीहरुलाई सहजै पचाउन सक्ने खाना दिइएको छ ।

केही बच्चाले आफना आमाबुबालाई शिशाबाट बाहिर देखिसकेका छन् । केही दिनपछि उनीहरुको पुन परीक्षण हुनेछ र संक्रमण नभएको अवस्थामा उनीहरुलाई परीवारसँग भेट्न दिन सकिने अधिकारीहरुले बताए ।


सुरुमा आइतबार ४ बच्चालाई सुरक्षित बाहिर निकालिएको थियो । त्यसपछि सोमबार अर्को ४ जनालाई सफलतापुर्वक बाहिर निकालिएको थियो । दुई हप्तासम्म अँध्यारो गुफामा बसेर आएकोले हाल उनीहरुलाई सनग्लास लगाउन भनिएको छ ।

सुरक्षित निकालिएका केटाहरुलाई चियाङ राय हस्पिटलमा भर्ना गरिएका छन् । त्यहाँ उनीहरुको सबै सारीरिक जाँच हुने बताइएकोछ । शुक्रबार एक थाइ नौसैनिका एक गोताखोरको अभियानका क्रममा मृत्यु भएको थियो ।

फसेका बच्चाहरुका लागि एयर ट्याँक पुर्याएर फर्किरहँदा बीच मार्गमा अक्जिनको कमीले गर्दा गोताखोर समन गुनानको मृत्यु भएको थियो । गुनानका एक सहकर्मीले उनको साथीको समर्पण खेर नजाने बताए ।

प्रतिक्रिया दिनुहोस्