सेनाको संभावना



बर्षौदेखि बन्द भएका उद्योग कलकारखाना पुनः सुचारु गर्न सरकारले चासो बढाएको छ । स्वदेशमै रोजगारीका अवसर बढाउन, बढ्दो व्यापार घाटा घटाउन, आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न उद्योग कलकारखानाको ठूलो भूमिका हुन्छ । बन्द रहेका धेरै उद्योग मध्येको एक हो, हेटौडा कपडा । अहिले चर्चा त्यहि उद्योगको छ ।

सो उद्योगको सञ्चालन नेपाली सेनाले गर्ने रे । उद्योग मन्त्रालयले त्यस्तै तयारी ग¥या चर्चा छ । अन्य समुह वा कम्पनीलाई व्यवस्थापनको जिम्मा दिइयो भने पुरानै राष्ट्रिय रोगले च्याप्ने भएसी सेनालाई रोज्या रे । हुन पनि हो, सेनालाई जिम्मेवारी दिएका सडक र अन्य पूर्वाधार टकाटक सम्पन्न भइराछन् ।

अब सडकका खाल्टाखुल्टी मर्मत गर्ने, अस्तव्यस्त सरकारी निकायको अनुगमन, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्ने जस्ता काम पनि सेनालाई दिइयो भने त गज्जबै हुन्छ क्यार । लौन सल्लाहकारहरुले सरकारलाई बेलैमा सल्लाह दिनु प¥यो ।

अनि राजनीतिक नेतृत्वको विकल्पमा सेनालाई नै सोच्ने हो कि, आखिर प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु सँधै फेल भइरहन्छन् भने किन नसोच्ने ? त्यस्तो हुँदा चाहिँ मुलुकले छिटै आर्थिक छलाङ पो माथ्र्यो कि ?

प्रतिक्रिया दिनुहोस्