ईपीएसमा विश्वकप हाजिरी जवाफ



काठमाडौं, (नेस)
एन के सिंह मेमोरियल इपीएस स्कूलको आयोजना तथा नेपाल फुटबल संघको तत्वाधानमा (एन्फा) को सहकार्यमा विश्वकप फुटबल २०१८ लाई लक्षित गरी ’एन के सिंह अन्तर विधालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७५’ शुरू भएको छ ।

विश्वकप फुटबलको जानकारी विधालयका बालबालिका समक्ष पु¥याउने लक्ष्यका साथ उक्त हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । मंगलबार प्रतियोगिताको उद्घघाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिंग शेर्पाले गर्नु भएको थियो । उक्त प्रतियोगिता काठमाण्डौको मिनभवनस्थित एन के सिंह मेमरियल ईपीएस स्कुलमा जारी छ ।

फाइनल असार ३२ गते हुने उक्त प्रतियोगितामा करिब २० वटा विधालयको सहभागिता रहको आयोजकले जानकारी गराएको छ । जसमध्ये उपत्यकाबाट १८ तथा दमक र रुपन्देहीबाट समान एक–एक स्कूलले प्रतिस्पर्धा गर्दै छन् । २० वटा स्कुललाई ४ समूहमा विभाजित गरी प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्