आर्थर बार्सिलोनामा अनुबन्धित



मेड्रिड, (एजेन्सी)
स्पेनिस फुटबलको चर्चित क्लब बार्सिलोनाले आर्थर हेनरिक रामोस डी ओलिभेरालाई क्लबमा अनुबन्धित गरेको छ ।

बार्सिलोनाले ब्राजिलियन क्लब ग्रिमियोबाट मिडिफिल्डर आर्थरलाई भित्र्याएको हो । बार्सिलोनाले आर्थरलाई २७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको बताइएको छ । आर्थरलाई ६ बर्षका लागि अनुबन्ध गरेको पुष्टि गर्दै बार्सिलोनाको रिलिज क्लज ३ सय ५० मिलियन पाउण्ड तोकेको छ ।

उनी तत्कालै बार्सिलोनाको टिममा सामेल हुने बताइएको छ । बार्सिलोनाको टिममा उनीसँग अर्का ब्राजिलियन खेलाडी फिलिपे कौटिन्हो पनि हुनेछन् । २१ बर्षिय आर्थरले अहिलेसम्म राष्ट्रिय टोलीमा स्थान बनाएका छैनन् । यद्यपी उनले जुनियर टिमबाट भने खेलिसकेका छन् । ग्रिमियोबाट उनले कोपा डो ब्रसिल र कोपा लिबर्टाडार भने जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्