रुसमाथि गम्भीर आरोप



मस्को, (एजेन्सी)
विश्वकपमा सानदार प्रदर्शन गरेको आयोजक रुसमाथि एउटा गम्भीर आरोप लागेको छ । जर्मन अखबार बाइल्डले जनाएअनुसार रुसी खेलाडीहरुले एमोनीया सुँघेर क्षमता वृद्धि बढाएको जनायो ।

सो अखबारले दावी गरेको छ कि स्पेनमाथिको ऐतिहासिक जित र क्रोएसियासँग हार्दा उनीहरुले एमोनिया सुंघेका थिए । यसले फोक्साको क्षमता बढाउने गर्छ । यो रुसी टिम डाक्टरले यकिन गरेपछि जर्मन अखबारमा सो खबर छापेको थियो ।

टिमका डाक्टार एडुआर्ड बेजुग्लोभले रुसी खेलाडीहरुले खेल अगाडि एमोनिया सुंघेको स्विकार गरेका थिए । उनले भने—यो साधारण हो कपासको टुक्रा यसमा डुबाउने र यसको श्वास लिने हो । दशकौं देखि हजारौं खेलकर्मीहरुले यसको प्रयोग गरेका छन् ।

एमोनिया अन्तर्राष्ट्रिय एन्टी डोपिङमा प्रतिबन्धित तत्व होइन । तर यसले खेलाडीको प्रदर्शनमा वृद्धि गर्छ । यसले श्वास प्रश्वास गति बढाउने र रगतमा अक्सिजन बहनको लागि पनि धेरै मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्