रियलले रोनाल्डोलाई छाड्ने पक्का



रियल मेड्रिडले क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसमा आबद्ध गराउन मन्जुरी दिएको पक्का गरेको छ । मंगलबार क्लबले जनाएअनुसार १० करोड ५० लाख पाउन्डमा दुई क्लबबीच सम्झौता भइरहेको छ । यसले ३३ वर्षीय स्ट्राइकरको बेर्नाबेउमा १० वर्षको यात्रा समाप्त पनि हुनेछ ।

क्लबको वक्तव्यमा उल्लेख गरेको छ—रियल मेड्रिडका लागि क्रिस्टियानो रोनाल्डो सँधैको लागि महान खेलाडी रहनेछन् । विश्व फुटबल र हाम्रा क्लबको इतिहासमा उनी चम्किला खेलाडी हुन् । रियल मेड्रिड तपाईको घर झै हो ।

यो सम्झौतापछि इटाली क्लबको ७ करोड ५३ लाख पाउन्डको रेकर्डलाई छायामा पार्नेछ । गोन्जालो हिग्वेनलाई उक्त रकम युभेन्टसले तिरेको थियो ।

रियल रोनाल्डोलाई छाडेर नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई अनुबन्ध गर्न चाहेको पनि क्लबले जनाएको छ । उनीहरु ब्राजिली फरवार्डसँग सम्झौताको लागि सम्पर्क गरिरहेका छन् । रियलले गत सिजनमा च्याम्पियन्स लिग उपाधि जितेसँगै मेनेजर जिनेदिन जिदानले पद छाडेका थिए ।

उनको पदमा युलेन लोपेटेगुईले लिएका छन् । तर उनी यही पद लिएको बहानामा स्पेनी राष्ट्रिय टिमबाट विश्वकप शुरु हुन एक दिन अघि बर्खास्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्