विश्वकप यात्राको सेमिफाईनल आज प्रान्स संग बेल्जियम भिड्दै



काठमाडौं ।
विभिन्न महादेसका ३२ टिमले सहभागिता जनाएको रुसमा जारी विश्वकपमा सेमिफाइनलको समीकरण पुरा भइसकेको छ ।
२१ औं विश्वकप अब समापनतिर लम्कँदैछ । चार खेल बाँकी छ र आज बाट ति चार खेल मध्ये दुई खेल अहिले ११ः४५ बाट फ्रान्स र बेल्जियम विच हुदैछ भने अरु बचेका क्रोसिया र ईङ्ल्याण्ड दुई खेल विच भोलि बुधबार राती ११ः४५ मा हुने भएको छ ।

यति लामो यात्रा सम्ममा दिग्गज नाम चलेका टीम पराजित भएर बाहिरिसकेका छन् । यस पटक पनि विजेताको नाममा युरोपियन टिमकै हुने तय भइसकेको छ ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल छैठो उपाधि जित्ने सपनामाथि बेल्जियमले २–१ ले तुषारापात गरिदियो । योसँगै प्रतियोगिताको सबैभन्दा ठूलो दावेदारी ब्राजिल क्वाटरफाइनलबाटै विदा भयो ।

यसैगरी लियोनल मेसी उपाधि जित्न भनेर रुस आए तर टोली फ्रान्ससँग अन्तिम १६ मा ४–३ ले हारेर घर फर्कियो । यस्तै डिफेन्डिङ च्याम्पियन जर्मनी त पहिलो चरणबाट माथि उठ्न पनि सकेन । स्वीडेन, दक्षिण कोरिया र मेक्सिकोले सानदार प्रदर्शन गरेपछि ३८ वर्षपछि जर्मनी पहिलो पटक पहिलो चरणबाटै विदा हुन कर लाग्यो ।

सेमिफाइनलमा पुग्ने टोलीहरुमा बेल्जियम, फ्रान्स, इंग्ल्यान्ड र क्रोएसिया रहेका छन् । यीमध्ये फ्रान्स १९९८ को विश्व च्याम्पियन हो भने इंग्ल्यान्ड १९६६ विश्वकपको विजेता हो । बेल्जियम र क्रोएसियाले भने फाइनल खेल्न पाइरहेका छैनन् । यदि यी दुई टोलीले क्रमशः फ्रान्स र इंग्ल्यान्डलाई हराएमा विश्वकपमा पहिलो पटक विश्व उपाधि नजितेका दुई टोलीबीच फाइनल खेल हुनेछ । र नयाँ विजेता घोषित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्