मृतकको नाकमा किन हालिन्छ कपास ?



हामी सबैले देखेकै छौँ कि मानिस मरिसकेपछि उसको नाकमा कपास कोचिन्छ । मरेको मानिसले कथन् कदाचित फेरि स्वास फेर्न नपाओस् भन्नका लागि पो यसो गरिएको हो कि ? भन्नुहोला । तर होइन । यसको खास कारण यस्तो छ ।

यसका पछाडि वैज्ञानिक र आध्यात्मिक दुवै कारण रहेका छन् । कुरा गरौँ वैज्ञानिक कारणको । मृत्युपछि मानिसको नाक तथा कानबाट पानी निस्कन्छ । सोही पानी बाहिर नचुहियोस् भन्नका लागि नाक र कानमा समेत कपास कोच्ने गरिन्छ । साथै लासमा निकै छिटो संक्रमण हुने भएको र नाकबाट किटाणुको संक्रमण छिटो हुने हुनाले पनि नाकको प्वाल छोपिदिने गरिन्छ ।

हिन्दु धर्ममा शवको नाकमा कपास कोच्नुको धार्मिक कारण पनि उल्लेख छ । गरुण पुराणका अनुसार मृतकको सरीरका विभिन्न खुला भागहरुमा सुनको टुक्रा राखिदिनुपर्दछ । नाक, कान, आँखा, मुख जस्ता ठाउँमा सुनको टुक्रा राखिदिनुपर्ने यहीँ धार्मिक मान्यता रहेको र नाकको हकमा प्वाल अलिक ठूलो हुने र सुनको सानो टुक्रा खस्ने भएको हुँदा नाकभित्र सुनको टुक्रा हालेर त्यसलाई बाहिरबाट कपासले छोपिदिने गरिन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्