गुफामा फँसेका थप ४ बालकलाई जीवित निकाल्न सफल



मेसाई (एजेन्सी)
थाइल्यान्डको एक गुफामा फसेका अर्को ४ जना बच्चालाई सकुशल निकालेको छ । गुफा फसेका १२ बच्चामा अहिलेसम्म ८ जनालाई गुफाबाट बाहिर निकालिसकेको छ ।

थाइल्यान्डको नेभी सिल कमान्डाका एक सहयोगीलाई उदृत गर्दै समाचार एजेन्सीले एपीले उक्त जानकारी दिएको हो । सोमबार बिहान पुन सुरु भएको उद्धार तथा राहत कार्यका लागि १३ जना विदेशी गोताखोर र थाइल्यान्डका नौसैनिक दस्ता नेभी सिलका ५ गोताखोर ती बच्चाहरुलाई बाहिर निकाल्ने प्रयासमा जुटेका थिए । प्रत्यक बच्चालाई पानीले भरिएको गुफाबाट निकाल्न २ गोताखोरको ब्यवस्था गरेको बताइएको छ ।

आइतबारको उद्धार कार्यमा ४ बच्चालाई गुफाबाट बाहिर निकालिएको थियो । त्यसपछि उक्त अभियान करिब १०–१२ घण्टाका लागि रोकेको थियो । राहत तथा उद्धार अभियानका प्रमुखका अनुसार उद्धार टोलीले आफनो योजना सफल बनाउन कयौं पटक रिहर्सल गरेका थिए ।

उनले भने– यदि हामी पर्खने हो र आगामी दिनमा फेरी बर्षा भए भने यति दिनसम्म पानी निकाल्न गरेको हाम्रो मेहनत बर्बाद हुनेछ । यदि त्यसतो भयो भने हामीले स्थितिलाई फेरी सुरु देखि सोच्नु पर्ने हुन्छ ।

अहिले गुफामा ४ जना बच्चा बाँकी छन् र उनीहरुका २५ बर्षिय कोच पनि गुफाको पानीमा फसेका छन् ।

गुफामा पानीको सतह बढ्न सक्ने सम्भावना प्रबल रहेकोले सकेसम्म चाँदो सबै बच्चालाई बाहिर निकाल्नु पर्ने उद्धारकर्मी टोली निष्कर्षमा पुगेका छन् । ती बच्चाहरु गत जुन २३ मा गुफामा फसेका थिए ।

उक्त उद्धार अभियानको नेतृत्व गरिरहेका थाइ नेभी सिल्सले ८ बालकलाई गुफाबाट निकालिसकेको पुष्टि गरेको छ । सोमबार ४ बालकको उद्धार भएको पुष्टि हुन अगाडी गुफाबाट एयर एम्बुलेन्स उडेको र एम्बुलेन्सहरु चियाङ राय नगर नजिकको हस्पिटलमा पुगेका प्रत्यक्षदर्शीहरुले बताएका थिए ।

सुरक्षित निकालिएका केटाहरुलाई चियाङ राय हस्पिटलमा भर्ना गरिएका छन् । त्यहाँ उनीहरुको सबै सारीरिक जाँच हुने बताइएकोछ । शुक्रबार एक थाइ नौसैनिका एक गोताखोरको अभियानका क्रममा मृत्यु भएको थियो । फसेका बच्चाहरुका लागि एयर ट्याँक पुर्याएर फर्किरहँदा बीच मार्गमा अक्जिनको कमीले गर्दा गोताखोर समन गुनानको मृत्यु भएको थियो ।

गुनानका एक सहकर्मीले उनको साथीको समर्पण खेर नजाने बताए ।
यो एक हाइ–प्रोफाइल अभियान हो । पुरै विश्वले यस घटनालाई नजिकबाट हेरिरहेको थाइल्यान्डलाई थाहा छ । ती बच्चालाई त्यहाँबाट जीवित निकाल्नु ठुलो चुनौती हो ।

उद्धारका लागि मस्कले पनडुब्बी बनाए

एलोन मस्कले थाइल्यान्डको गुफामा फसेका १२ बालक र तिनीहरुका फुटबल कोचको समुहलाई उद्धारमा सहयोग गर्न एउटा नमुना पनडुब्बी बनाएको छ ।

अर्बपति ब्यापारी तथा निजि अन्तरिक्ष कार्यक्रम स्पेस एक्सका मालिक एलोन मस्कले गुफामा फसेका समुहलाई मुक्त गर्न उपयुक्त हुने पनडुब्बी डिजाइनका लागि काम गरिरहेको विषयमा थाइल्यान्डमा गुफा विज्ञहरु छलफल गरिरहेका छन् ।

उक्त पनडुब्बी पर्याप्त सुरक्षित हुन सक्ने उनले जानकारी दिएका थिए । बच्चा आकारको सानो पनडुब्बीलाई दुईजना गोताखोरले सजिलै बोक्न सक्नेगरी हलुका भएको र साँगुरो ठाउँमा पनि सजिलै छिराउन सक्ने भएको उनले बताए ।

मस्कको टोलीले उक्त फुच्चे पनडुब्बी चलाउन स्पेसएक्स फाल्कोन रकेटको तरल अक्सिजन ट्युबको प्रयोग गरेका छन् । आफनो ट्विटरमा लगातार सेयर गरिएको भिडियोमा मस्कले उक्त पनडुब्बी लस एन्जलस स्थित एउटा हाइ स्कुलको स्विमिंगपुलमा उनको टोलीले परीक्षण गरिरहेको देखाइएको छ

प्रतिक्रिया दिनुहोस्