ग्लोबल आइएमई बैंकको सय स्थानमा शाखारहित बैंकिङ सेवा



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले सयवटा शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार सुनसरीको बराह नगरपालिका–५ कालाबन्जरमा १००औं शाखारहित बैंकिङ सेवा सेवा शुरु गरेको हो ।

उक्त सेवा स्थानीय १०५ वर्षकी ज्येष्ठ नागरिक अनुरुपा विष्ट तथा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रवद्र्धन प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा गर्नुभयो ।

ग्लोबल आइएमई बैंकले बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ सेवा खोलेर उक्त सेवाको शुरुवात गरेको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १४ राजस्व संकलन काउन्टर र सय शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्