ज्योति विकास बैंकको खोर्सानेमा नयाँ शाखा



काठमाडौं, (नेस)
ज्योति विकास बैंकले मोरङको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका– १२ मा रहेको उक्त शाखा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कामना गर्नुभयो ।

बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आएकोछ । यसै आर्थिक वर्षभित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट १७ अर्ब ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत १५ अर्ब १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्