ओजीलले जर्मनी छाड्नुपर्छ



म्युनिख, (एजेन्सी)
मेसुट ओजीललाई विश्वकपको पहिलो चरणबाट जर्मनी बाहिरिएपछि बलीको बकरा बनाएको छ । उनका बुबाले यी फुटबलरले जर्मनीको राष्ट्रिय टोली छाडिदिनु पर्ने बताए । रुसमा जारी विश्वकपबाट गत संस्करणको विजेता टिम बाहिरिएपछि २९ वर्षीय ओजीलको तीव्र आलोचना भएको छ ।

आर्सेनलका मिडफिल्डरमाथि पहिले देखि नै टर्कीका राष्ट्रपति रजब तैयब एर्डोआनसँग तस्वीर खिँचाएपछि दवाव थियो । तुर्की मूलका खेलाडीलाई जर्मनीसँग वफादारीमा प्रश्न उठाएको थियो । गत आईतबार जर्मनीका प्रशिक्षक ओलीभर बियरहाफले नयाँ विवाद शुरु गरेका थिए । उनले एर्डोआनसँग भेटघाटलाई लिएर स्पष्टी नदिएकोले ओजीललाई टोलीबाट हटाउनु पर्ने प्रतिक्रिया दिएका थिए । पछि बीयरहाफले आफनो प्रतिक्रियाको लागि माफी पनि माँगेका थिए ।

ओजीलका बुबा मुस्तफा ओजीलले एक जर्मन अखबारमा बताए कि यो प्रतिक्रिया अपमानजनक हो । मेरो विचारमा उनको इच्छा गर्दन बचाउनु हो । उनले बताए कि ओजीलले जर्मनीको लागि धेरै दिएका छन् ।

उनले भने—जितेमा साथ जित्छ । हारेमा साथ हार्छ । यसमा ओजीलको कारण हार्छ भन्नु मनसाय नै ठिक होइन । उनलाई बलिको बकरा बनाइरहेको छ । उनले स्वयम निर्णय लिनु पर्छ । तर म उनको स्थानमा भएको भए टीम छाडिदिन्छु । यो मेरो व्यक्तिगत सोचाई हो ।

प्रतिक्रिया दिनुहोस्