फर्नान्डिन्होलाई अभद्र गाली



रियो डे जेनेरियो, (एजेन्सी)

बेल्जियमले शुक्रवार पांच पटकका फिफा विश्वकप विजेता ब्राजीललाई हराएर फीफा विश्व कप २०१८ को सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । कजान एरीनामा खेलिएको क्वार्टरफाइनलमा बेल्जियमले ब्राजीललाई २–१ ले हराएको थियो । तर विश्वकपबाट ब्राजील बाहिरिएपछि उग्र बनेका ब्राजिलियन समर्थकहरुले अहिले खेलाडीहरु माथि अभद्र टिप्पणी गर्न थालेका छन् ।

हालसालै ब्राजीलका मिडफील्डर फर्नान्डिन्होमाथि समर्थकहरुले अश्लील टिप्पणी गरेका छन् । समर्थकहरुले म्याचको १३औं मिनेटमा भएको आत्मघाती गोलको लागि म्यानचेस्टर सिटीका फर्नान्डिन्होलाई निशाना बनाएका छन् । ब्राजील बाहिरिएपछि सामाजिक सञ्जालमा उनलाई बाँदर सम्बोधन गर्दै ज्यान मार्ने धम्की दिएको छ ।

फर्नान्डिन्हो मात्र होइन, उनका पूरा परिवारलाई समर्थकहरु गाली गलौज लेखेका छन् । फर्नान्डिन्होकी श्रीमती रोजा ग्लाइसियाको इन्स्टाग्राममा भद्दा–भद्दा गालीको ओइरो लागेको छ । क्रोधित समर्थकहरुले फर्नान्डिन्होकी आमालाई समेत गाली गर्न छोडेनन् । चार वर्ष अघि पनि जर्मनीसँग ब्राजिल ७–१ ले हारेपछि फर्नान्डिन्होले यस्तै आलोचना खेप्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्