किसिमका किसिमका फुटबल खेल



फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल हो । तर, कुनै कुनै देशमा फुटबल खेलमात्र भन्दा अर्कै अर्थले पनि बुझ्न सकिन्छ । किनभने तपाई हामीले यहाँ खेल्ने र हेर्ने फुटबल भन्दा भिन्नै खालका फुटबल खेलहरु पनि विश्वका विभिन्न देशहरुमा खेल्ने गरिन्छ र हामीले ’फुटबल’ भनेर सम्बोधन गर्ने यस खेललाई ती देशहरुमा ’शकर’ भनेर खेलिने गरिन्छ । भिन्न खालका ती फुटबल खेलहरु बारे संक्षिप्त परिचय:

अमेरिकन फुटबल
यस खेलको सुरुवात सन् १८७४ मा क्यानाडाको मोन्ट्रियल शहरमा शुरू भएको हो । अन्य फुटबल खेलहरुको तुलनामा यस खेलको नियमहरु अलि भिन्नै खालका छन् ।

हात र खुट्टा दुबै प्रयोग गरेर खेल्न सकिने अमेरिकन फुटबलमा सहभागी खेलाडीहरुले बीच–बीचमा निक्कै अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ । खेलाडीले बल हानेको ठाउँमा एउटा चिन्हको संकेत दिएर बलसंग त्यसको सम्बन्ध गराई खेल्ने यस खेलमा पेनाल्टी किक हान्दा बलले टच लाईन छोएर जान्छ भने खेललाई पुनः दोहो¥याई खेलाइन्छ ।

सिक्स म्यान फुटबल
एउटा टिममा ६ जना खेलाडी हुने भएकोले नै सम्भवतः यस खेललाई ’सिक्स म्यान फुटबल’ भनिएको हुनुपर्छ । ८० बाइ ४० गज लामो मैदानमा खेल्ने यो खेल अमेरिकामा बढी प्रचलित छ ।

गैलिक फुटबल
यो खेल आयरल्याण्डमा निक्कै लोकप्रिय छ । सन् १८८५ सम्म पनि यस खेलको कुनै स्थायी नियम बनेको थिएन । त्यसैले कुनै क्लबका खेलाडीहरु यस खेलमा प्रयोग हुने भकुण्डोलाई खालि हातले मात्र फालेर खेल्ने गर्छन् भने कुनै क्लबमा यो खेल खेल्दा हात–खुट्टा दुवैको प्रयोग गर्ने गरिन्छ ।

खासगरी सन् १८४० देखि १८७० को बीचमा बेलायती स्कूलमा विधार्थीहरुमा यो खेल निकै लोकप्रिय थियो । शुरुमा नियममै अल्झिरहेको यो खेल अब हात–खुट्टा दुबैको प्रयोग गरेर खेल्न थालिएको छ ।

रग्बी लीग फुटबल
यस खेलमा प्रत्येक टीममा १३ जना खेलाडीहरु हुन्छन् , हात खुट्टा दुबै चलाएर खेल्न सकिने यो खेलको मुख्य उद्देश्य विपक्षी टीमविरुद्ध बढी भन्दा बढी गोल गरेर आफ्नो टिमलाई विजयी बनाउनु हो ।

यस खेल–मैदानको लम्बाई सय मीटर (११० गज) र चौडाई पचपन्न मीटर (६० गज) हुन्छ । मैदानको आकार हेरेर यस खेलको गोलपोष्टको क्षेत्र भने त्यति गहिरो हुदैन । गोलपोष्टको आकार सामान्यतः ६ देखि १२ गजसम्म मात्र लामो हुन्छ । मैदानको दुई भाग छुट्टिने गरी बीचमा स्पष्ट देखिने धर्सो चिन्ह कोरिएको हुन्छ ।

यसरी धर्सो कोरिंदा रग्बी फुटबल यूनियनको मैदान भाग लगाए जस्तै २५–२५ गज लम्बाई छोडेर लगाइन्छ । यसमा ब्रोकन लाइन टच लाइनको समानान्तर नै हुन्छ । यस बाहेक मैदानको ठिक बीच भागमा अर्को १० गजको लाइन खिचिएको हुन्छ ।

यस खेलको गोल पोष्ट ५.६४ मीटर (१८ फिट ६ इन्च) आकारको हुन्छ । गोल पोष्टको ठिक बीचमा एउटा क्रसबार राखिएको हुन्छ, जसको उँचाई मैदानबाट ३.०५ मीटर अर्थात् १० फुटको हुन्छ । यस खेलको भकुण्डो गोलो नभई अण्डा आकारको हुन्छ ।

छाला वा प्लाष्टिकको भकुण्डो प्रयोग गरेर खेलिने यस खेलमा खेलाडीहरुले भकुण्डोलाई अगाडी–पछाडी दुवैतिर पास दिँदै गोल मुखतर्पm लान सकिन्छ ।

शारारिक रूपले अत्यन्त बलियो र तन्दरुस्त नभएको खेलाडीहरु यस खेलका लागि योग्य मानिन्दैनन् । एकजना रेफ्री र दुई जना लाइन्सम्यानको नियन्त्रणमा ५ मिनेटको विश्राम समय दिएर खेलाइने यस खेलको समय अवधि ८० मिनेटको हुन्छ ।

रग्बी यूनियन फुटबल
यस खेलमा एउटा टीममा १४ जना खेलाडीहरु हुन्छन् । यो खेल खेल्दा खेलाडीहरूले हात र खुट्टा दुबैको बराबर प्रयोग गर्न सक्छन् । बढी ब्याक पास दिँदै बललाई अगाडी बढाउन प्रयत्न गरिने यस खेलको नाम बेलायतको एउटा प्रसिद्ध स्कूलको नामबाट राखिएको हो ।
अस्ट्रेलियन फुटबल

अस्ट्रेलियन नियम अपनाएर खेलिने भएकोले यस खेललाई अस्ट्रेलियन फुटबलको नाम दिइएको हो । हुनत यो खेलले औपचारिक रुपमा सन् १८७५ मा मात्र मान्यता प्राप्त गरेको थियो ।

यस खेललाई स्थापित गर्न १९०६–०८ तिर ७ वटा रग्बी लीग क्लबहरु एकजुट भएका थिए ।

नर्थ सिड्नी, बालमेन, न्यू टाउन ईस्टरन, स्यूबरस, साउथ सिड्नी ग्लेब, र कुमारल्याण्ड रग्बी क्लबहरु मिलेर स्थापित गरेको यस खेलमा पछि न्यू क्यासल क्लबले पनि यसको स्थापनाका लागि विशेष योगदान प्रदान गरेको थियो । शुरूमा यो खेल यी आठवटै क्लबहरुकाबीच खेलिएको थियो । आजकल यो संस्थालाई सन् १९४८ मा स्थापना भएको अन्तर्राष्ट्रीय बोर्डले चलाईरहेको छ ।

यो खेल १० जना फरवार्ड, २ जना आक्रामक ब्याक र ३ जना फुल ब्याक मिलेर खेलिन्छ । शुरूमा यस खेलमा ९ जना मात्र फरवार्ड खेलाडीहरु हुन्थे ।

विनचेस्टर फुटबल
यस खेलमा एक टीममा जम्मा १५ जना खेलाडीहरु हुन्छन् । यो खेल बेलायतको विनचेस्टर कलेजमा मात्र खेलिने भएकाले यसको नामांकरण पनि सोही कलेजको नामबाट भएको हो । अन्य फुटबल संस्थाहरुको जस्तै यसको पनि आफ्नै एउटा अलग्गै संस्था छ ।

यो खेल १८२० मा स्कोलर कलेजमा पनि खेल्न थालियो र पछि यसमा ’ओल्डट्यूटर हाउस’ भन्ने टीम पनि सामेल भयो । यी तीन टीमबीच हरेक वर्षको अन्तमा प्रतिष्पर्धा हुने गर्छ ।
सन् १९६५ मा आएर यसको नियममा केही परिवर्तन भएपछि अहिले यो खेल जम्मा १० जना खेलाडीहरुले मात्र खेल्ने गरेका छन् ।

हर्पास्टन फुटबल
ऐतिहासिक प्रमाणलाई आधार मानेर हेर्दा यो खेल इ.पू ५०० को आसपासमा स्पार्टा नामको द्वीपमा खेल्ने गरेको पाइन्छ । फुटबलसँग मिल्दोजुल्दो खेल भएपनि यस खेललाई ’हर्पास्टन’ खेल भन्ने गरिएको छ ।

दुई टीमबीच टच भएपछि फुटबल जस्तै शुरू हुने यस खेल मैदानको बीच भागबाट शुरू भएर विरोधी टीमतिर बल फ्याँक्दै अघि बढाएर गोलमुखमा पु¥याएपछि गोल लिने यसको चलन छ ।

लेखकः डिरेक
(स्रोतः साधना पूर्णाङ्क–२०, विश्वकप फुटबल १९९४ विशेषांक

प्रतिक्रिया दिनुहोस्