भिडा प्रतिबन्धबाट बचे



मस्को, (एजेन्सी)
रुसविरुद्ध हेडमार्फत् गोल गरेर अग्रता दिलाएका क्रोएसियाका डोमागोज भिडाले टुर्किस क्लब बेसिक्टासबाट खेलेका छन् । तर उनले युक्रेनको डाइनामो किएभका लागि उनले १ सय ६१ खेल खेलिसके ।

भीडालाई फिफाले चेतावनी दिएको छ । उनले रुसविरुद्धको जित युक्रेनलाई समर्पित गरेपछि फिफाले प्रतिबन्ध नगरी चेतावनी मात्रै दिएको थियो ।

भीडाले पेनाल्टी शुटआउटमा क्रोएसिया ४–३ ले जितेपछि यो चमक युक्रेनका लागि भनेर अनलाइनमा नारा लगाएका थिए । उनको यो नाराले रुसले युक्रेनबाट क्रिमियालाई लिएकोसँग सम्बन्धित हुन पुगेको थियो । फिफाले राजनीतीबाट खेलाडी टाढा रहन चेतावनी दियो । उनले पछि ठट्टा गर्दै भने—यो जित क्रोएसियाका लागि हो, कुनै राजनीति होइन ।

 

प्रतिक्रिया दिनुहोस्