बोबी अग्र्यानिक लभस्टोरी’



लिली बिलीका निर्देशक मिलन च्याम्सले आप्mनो प्रदर्शोन्मुख फिल्म बोबी अग्र्यानिक प्रेमकथा भएको दाबी गरेका छन्।
‘यो फिल्म त्यो प्रेमजोडीको वास्तविक लभस्टोरीमा बनेको छ, जसले आप्mना वास्तविक प्रेम कथा र संघर्ष आफैं पर्दामा देखाउनेछन्।

 

सुन्दा नै भावुक बनाउने उमेश थापा र कविता गुरुङको प्रेमदेखि भागी विहे र संघर्षको सच्चा कथालाई मैले बोबीमा उतारेको छु’, आइतबार राजधानीमा आयोजित भेटघाट कार्यक्रममा मिलनले भने– ‘यसमा उमेश र कविताबीचको माया प्रेमको कथा मात्र छैन। घटनास्थलदेखि संवादसम्म पनि वास्तविक जीवनकै पर्दामा उतारेको छु।

 

त्यसैले यो अग्र्यानिक लभस्टोरी हुनेछ।’ मिलनले थपे– ‘म युकेमा हुँदा कविताले फिल्मका लागि कथा चाहिए हामीसँग छ नर्वे आउनुस् सुनाउँछु भनेपछि त्यहाँ गएर कथा सुनें। उनीहरूले थाहा नपाउने गरी त्यसलाई रेकर्ड गरें, सुन्दै जाँदा भावुक भएँ। कथा राम्रो लागेकाले केकी (अधिकारी) लाई एउटा फिल्म छ है भनेको पनि थिएँ।

 

१५ वर्षे केटोले आप्mनो सपना पूरा गर्न नर्वेजियन राजदूत दम्पत्तीको साथमा नर्वे पुगेर ३ महिनासम्म गरेको कडा मेहनत, इलेक्ट्रिक इन्जिनियरिङ पढ्न देश फर्केर पोखरा पुग्दा किशोरीसँग भएको भेट, भेटको पहिलो दिन नै भएका थुप्रै संयोग, घरपरिवारको असहमतिका कारण गरिएको भागी विहे, सुखद् भविष्यका लागि हुन पुगेको विछोड र लामो समयपछिको मिलनदेखि घर छोडेर प्रेमीसँग भाग्दा परिवारलाई परेको दुःखका कथा सबै सुनेपछि यो फिलिंग्स त उनीहरूले नै दिन सक्छन् भनेर उनीहरूलाई अफर गरें।

फिल्मका प्रमुख पात्रमध्येका एक अभिनेता विजय लामाले त जोड नै दिए ‘यो फिल्म हेर्दा या त पूरै परिवारलाई लिएर जानोस्, या त जाँदै नजानोस्। किनभने यो सबै परिवारसँग बसेर हेर्न मिल्ने शुद्ध फिल्म हो’, विजयले भने– ‘कविता र उमेशको नेचुरल एक्टिङ हेरेर मैलै आफूलाई नै फिका पाएँ। ४ दशक भयो फिल्ममा काम गरेको मैले अहिलेसम्म कुनै अवार्ड पाएको छैन, तर लन्डनमा भएको यसको प्रिमियर शोमा पाएको सम्मानबाट ठूलो अवार्ड पाएको महशुस भयो। मिलनको काम र दिनको २१ घन्टासम्म लागि पर्ने लगनले पनि मलाई प्रभावित बनाएको छ।’

फिल्मकी रियल लभर कविताले आफू प्रशंसा पाएजस्तो कलाकार नभएको प्रष्ट पार्दै भनिन्– ‘यसमा एक्टिङ गर्न सक्नुको एउटै कारण यो हाम्रो कथा थियो। अरूको कथामा एक्टिङ गर्न सक्ने क्षमता मसँग छैन तर काम गर्दै जाँदा प्mल्यासब्याकमा गइयो र गार्हो भयो। काका (विजय लामा) को एक्टिङ हेरेपछि म भागेपछि काकालाई कति गार्हो भएछ भन्ने थाहा पाएँ।’

 

उनको जोडी तथा पति उमेशले भने शुरूमा फिल्ममा खेल्ने अफर गर्दा सातो गएको बताए। ‘सुटिङमा पनि कठिन भयो। सुटिङमा बिसौं टेक खान्थें र चिच्याएर भन्न मन लाथ्यो मैले पहिल्यै सक्दिन भनेको होइन? तर आज फिल्म तयार भएपछि यो कथासँग रिलेटेड सबैलाई फिल्म देखाउन मन लागेको छ’, थापाले भने– ‘थापाको छोराले गुरुङको छोरीलाई भगाएर लाँदा धारादेखि भान्छासम्म भएको व्यवहार, आर्थिक स्तरका कारण भएका व्यवहार सबैलाई देखाउन मन छ।
ज्ञज्ञज्ञज्ञज्ञज्ञ

 

प्रतिक्रिया दिनुहोस्