थाइ गुफाबाट छ जना किशोरको सफल उद्धार



बैंकक,(एजेन्सी)
दुईसाता देखि उत्तरी थाइल्यान्डको थाम लुआँग गुफामा फसेका १२ जना किशोर मध्ये ६ जनाको आइतवार सफल उद्धार भएको सरकारी अधिकारीहरुले बताएका छन् । बाढीको पानी जमेको कारण ति किशोरहरु लगायत तनका प्रशिक्षक त्यहाँ थुनिइका थिए ।

केहि दिन अघि मात्र वेलायतबाट आएका दुइजना गोताखोरले तिनीहरु अझै जिवित रहेको फेला पारेका थिए । त्यस यता थाइ सरकारले तिनीहरुलाई आवशइक खाद्यान्न , अक्सिजन र औषधि पठाउँदै गरेको थियो ।

गुफामा पानीको उचाई बढ्न सक्ने खतरालाई मध्य नजर राख्दै हिजो उद्धारकर्ताहरुले चुनौति मोलेर तिनीहरुलाई गुफा बाट बाहिर निकाल्ने प्रयास गरेका थिए । अनुभवी गोताखोरहरुले तिनीहरुलाई गुफाको मुख तिर अघि बढ्ने तरिका सिकाइरहेका छन् ।

शुक्रवार गुफा भित्र अक्सिजन पु¥याएर आएका एकजना पुर्व नौसैनिक तथा गोताखोर सामान गुनानको बिचैमा आफ्नै अक्सिजन सकिएको कारण मृत्यु भएको थियो । विविसिका पत्रकार ड्यान जोहन्सनले शनिवार गुफामा पुगेका डाक्टरहरुले कमजोर किशोरहरुलाई छानेर उद्धारको पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।

विगत साता देखि गुफाको मुखमा ठूला संख्यामा स्वयमसेवक र पत्रकारहरुको जमघट रहँदै आएको छ । तर हिजो बिहान सवेरै उद्धार कार्य शुरु हुन लाग्दा पत्रकारहरुलाई त्यहाँबाट तल सडक तर्फ जान आदेश दिइएको थियो ।


त्यसपछि उक्त उद्धार अभियानको नेतृतव गरिरहेका नारोंगसाक ओस्टानाकोर्नले अठार जना कुशल र अनुभवी गोताखोरलाई ति किशोरहरुको उद्धरका लागि खटाएका थिए ।
उद्धारकार्यका लागि किशोरहरुका सम्बन्धित परिवारसंग पनि अनुमति लिइएको थियो । ति किशोरहरु रहेको स्थानबाट पुन गुफाको मुखमा फर्कन ति अनुभवी गोताखोरहरुलाई पनि एघार घन्टा लामो समय लागेको थियो ।

सहयोगका लागि पलिे नै राखिएका डोरीको सहाराले तिनीहरुले निष्पट अँध्यारोमा कहिले हिंड्ने , पानी छोचोल्ने , चढ्ने र पानी मुनि पौडने काम गरेका थिए । प्रत्येक दुईजना फुल फेस मास्क लगाएका गोताखोरले एकजना किशोरलाई उद्धार गरेका थिए । ति किशोरहरुले पनि एयर सप्लाइको उपकरण प्रयोग गरेका थिए ।

उद्धार गरिएका किशोरहरुको स्वास्थअवस्था सन्तोषजनक रहेका अस्पताल सुत्रले जनाएके छ । तिनीहरुलाई उद्धार गरिए लगत्तै चियांग राइ शहर स्थित अस्पतालमा लगिएको थियो ।

अहिले थाइल्यान्डमा बिना कुनै सुरक्षा योजना र तयारी यसरी फुटबल प्रशिक्षकले यसरी ति किशोरहरुलाई गुफा भित्र लानु न्यायोचित छ वा छैन भन्नेबारे सरकारी र जनस्तरमा चर्को बहश भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्