नेयेमार गोल प्रयासमा अगाडी



मस्को, (एजेन्सी)
जारी विश्वकपबाट नेयमारको टोली ब्राजिल बाहिरिसकेको छ ।
ब्राजिल बाहिरिएसँगै ब्राजिलका स्टार खेलाडी नेयमारलगायत प्रतिभाशाली खेलाडीहरु घर फर्कीसकेका छन् । क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएपछि ब्राजिल जारी विश्वकप फुटबलबाट बाहिरिएको हो। यद्यपि नेयमार भने आलोचना र प्रसंशाको पात्र बनेका छन् ।

प्रतियोगिताका क्रममा सामान्य फाउल हुँदा पनि ठूलो नाटक गरेको भन्दै आलोचना भएका उनी गोल प्रयासमा भने सर्वाधिक अगाडी देखिएका छन् । उनी प्रतियोगिताको क्वार्टरफाइनल चरणको खेलसम्म गोलका लागि सर्वाधिक प्रयास गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन्।

रुस विश्वकपको शनिबारसम्मको खेलमा गोलका लागि अन्य कुनै पनि टोलीका कुनै पनि खेलाडीले भन्दा बढी प्रहार गरेर उनले नयाँ रेर्कड राखेका हुन । नेयमारले विश्वकपमा ब्राजिलले खेलेका सबै म्याच खेले । त्यसक्रममा उनले चार सय ५० मिनेट मैदानमा बिताए ।

त्यो अवधिमा उनले विपक्षी टोलीको गोलपोस्टमा २७ पटक प्रहार गरेका थिए। तीमध्ये १३ प्रहार शट अन टार्गेट हुँदा पाँच प्रहार मात्र ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका ९ वटा प्रहारलाई विपक्षी रक्षक र गोलरक्षकले रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्