गल्तीले फायर अलार्म बज्दा



मस्को, (एजेन्सी)
रुसमा भइरहेको विश्वकपअन्तर्गत क्वाटरफाइनल खेल अगाडि स्वीडेनका खेलाडीले अनौठो स्थितिको सामना गर्नु प¥यो । उनीहरु बसेको होटलमा गल्तीले फायर अलार्म बज्दा होटल खाली गराउनु परेको थियो । स्वीडेन र इंग्ल्यान्डबीच समारामा क्वाटरफाइनल खेल थियो ।

तर बेहान बजेको अलार्मले खेलाडीहरुलाई सबेरै उठाएको थियो । बसेको कोठा पनि खाली गरियो । पछि गल्तीले फायर अलार्म बजेको थियो । होटलमा आगलागी जस्तो कुनै घटना भएको थिएन । त्यसो केही नभएपछि स्वीडेनका खेलाडी फेरि सुत्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्