प्रहरी जिम्मेवार बन



जप गर्ने माला तयार गर्न तिब्बतीहरूले प्रयोग गर्ने बोधिचित्त काभ्रेपलाञ्चोक जिल्लाको तेमाल क्षेत्रमा बाहेक अन्यत्र नपाइने भएकोले यसको मूल्य ज्यादै छ । एउटै बोटमा करिब सय केजी फल्ने भएकोले बोधिचित्तको बोट अमुल्य मानिन्छ । तर पनि यसका धनीहरुले उचित मूल्य पाइरहेका छैनन् । दलाल तथा गुन्डाहरूले यसबाट बढी लाभ लिने गरेका छन् ।

तर, कहिलेकाहीँ दलाल तथा गुन्डाहरूबीच बोधिचित्त कसले लैजाने भन्ने विषयमा झगडा हुने गर्दछ । झगडाका कारण कैयौँ व्यक्तिको ज्यानसमेत गएका घटना पनि छन् । यस्ता विवादहरू अदालतमा पनि मुद्दा बनेर पुग्ने गरेका छन् । यसमा प्रहरी चनाखो बनोस् ।

हिमाली क्षेत्रमा यार्सागुम्बालगायत बहुमूल्य जडिबुटी लुटिने घटनामा प्रहरीको संलग्नता रहने गरेका घटनाहरू समाचारका रूपमा यदाकदा आइरहन्छन् । प्रहरी संगठनभित्र आफ्नो दायित्व निर्वाह नगर्ने र लामा हात गर्नेहरू हाबी हुँदा राज्यका सबै संयन्त्रमा भ्रष्टाचार बढ्छ । तस्करी मौलाउँछ ।

भ्रष्टाचार र तस्करी मौलाउनु भनेको राजस्व गुम्नु हो । जब राजस्व गुम्छ सरकारसँग राज्य सञ्चालनका लागि आर्थिक स्रोत हुँदैन । प्रहरीको संलग्नताविना नेपालमा लागुऔषधको कारोबार सम्भव छैन । तर, त्यो लागुऔषध आफ्नै छोराछोरीका लागि प्रयोग भयो भने के होला ? यसतर्फ पनि प्रहरी संगठनमा रहेकाहरूले ख्याल गरेको देखिन्न । सबैतिर प्रहरी चनाखो हुनुप¥यो ।
– पुनम न्यौपाने, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्