ब्राजिली कोचको खेलाडीमाथि दोष



मस्को, (एजेन्सी)
ब्राजिल बेल्जियमसँग हारेपछि कोच टिटेले आफना खेलाडीले खेल जित्नका लागि नखेलेको बताएका छन् । ब्राजिली मेनेजरले बताए कि उनीहरुले आफुले जुन आशा गरेको थियो त्यसअनुसार नखेलेको प्रतिक्रिया दिए । शुक्रबार राति भएको खेलमा ब्राजिल क्वाटरफाइनलमा २–१ ले हारेको थियो । योजितसँगैं बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

टिटेले भाग्यलाई पनि दोष नदिइ बताए—फुटबलमा केही पनि स्थायी हुँदैन । तर मलाई यहाँ भाग्यको कुरा गर्न पनि राम्रो लाग्दैन । यदि हामी भाग्यको कुरा गर्छौ भने विपक्षी टोलीको प्रदर्शनलाई कमजोर आँकेको भन्ने सरह हुन्छ । म भाग्यमा विश्वास गर्दिन । कोर्टिसले राम्रो खेलेका थिए । उनले राम्रो बचाव गरेका थिए । उनको सानदार बचावमा तपाईले केह ीगर्न सक्दैनन् । बेल्जियमले ज्यादै प्रतिस्पर्धी र प्रभावशाली खेल देखायो ।

 

प्रतिक्रिया दिनुहोस्