बुफोन पिएसजी जाने



रोम, (एजेन्सी)
ईटालीका भेट्रान गोलरक्षक जियानलुन्गी बुफोन फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् ।

विश्वकै सर्वोत्कृष्ट मध्येका एक गोलकिपर बुफोन पेरिस आउन लागेको पीएसजीले जनाएको हो । ४० वर्षिय बुफोनले पीएसजीसँग १ वर्षको सम्झौता गरेका हुन् । उक्त सम्झौतामा १२ महिना थप्न सक्ने विकल्प पनि उल्लेख छ । सन् २००१ मा सिरि ए क्लब यूभेन्ट्ससँग आवद्ध भएका उनी १७ वर्षपछि लिग वान क्लब पीएसजी जाने भएका हुन् ।

यूभेन्ट्सलाई उनले ९ वटा सिरि ए उपाधि दिलाएका थिए । उनले यूभेन्ट्सबाट ६ सय ५६ खेल खेलेका छन् । इटालीले सन् २००६ को जर्मनी भएको फिफा विश्वकप चौथो पटक उचाल्दा उनी टिमका प्रमुख सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्