जोनसन मेरोे साथी हुनुहुन्छः ट्रम्प



वासिङ्टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता ९साथी० भएको बताउनुभएको छ ।

उहाँले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताउनुभयो ।

ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी हुनुहुन्छ । उहाँ मेरा लागि धेरै मनपर्ने नेता हो ।

जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने
बताउनुभयो ।

दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्