इङ्ग्ल्यान्ड स्वीडेनलाई पराजित गर्दै सेमिफाईनल प्रवेश



नेपाल समाचारपत्र, काठमाण्डौ ।
हिजो बाट शुरु भएको रुसमा जारी विश्वकप क्वाटरफाईनलको पहिलो दिनको खेलमा सांझ ७ः४५ बाट शुरु भएको खेलमा उरुग्गे विरुद्ध फ्रान्सले २–० ले अग्रता लिदै सेमिफाईनल प्रवेश गरेको छ ।

यस्तै राती ११ः४५ बजे भएको खेलमा पाँच पटक विश्वकप विजेताको टोली ब्राजिल लाई २–१ ले पराजित गर्दे बेल्जियम अगाडि बढेको हो ।
रुसमा जारी विश्वकप प्रतियोगितामा पहिलो क्वाटरफाइनलको दोस्रो दिनको खेलमा स्वीडेन र इङ्ग्ल्यान्डको खेल नेपाली समयअनुसार ७ः४५ बजे बाट शुरु भएको हो । खेल शूरु भएको पहिलो ३० मिनेटमा खाता खोल्दै दा्स्रो गोल ५८ मिनेटमा हानेका छन् । जसमा पहिलो गोल ह्यारी म्यागुईरेले र दोस्रो गोल डिले एल्लीले गरेका हुन् ।

यसअघि अन्तिम १६ मा स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेनले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो भने सेमिफाइनलमा पुग्न कोलम्बियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्याण्डले स्वीडेनसँग भेट पक्का गरेको थियो ।

खेलको विजेता टोली इङ्ग्ल्यान्डले सेमिफाइनलमा आयोजक टिम रुस वा क्रोसियामध्ये एकको सामना गर्नेछ भने पराजित स्वीडेनको टोली प्रतियोगिताबाट बाहिरिएको छ । रुस र क्रोसियाबीच यस खेल पछि ११ः४५ बाट शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्