आमनेसामने भयो स्वीडेन र इङ्ग्ल्यान्डको खेल



काठमाडौं ।
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेलहरु हिजो शुक्रबारबाट शुरु भएका छन् । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्सको खेलमा उरुग्गे विरुद्ध फ्रान्सले २–० ले हराउदै फ्रान्स सेमि फाईनल प्रवेश गरेको हो भने ब्राजिल र बेल्जियमको खेलमा ब्राजिल विरुद्ध बेल्जियमले २–१ ले हराउदै सेमि फाइृनल प्रवेश गरि सेमिफाईनलमा फ्रान्स र बेल्जियम भिड्ने भएका छन् ।

आज राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामनेमा आएका छन् ।
अव सेमिफाइनल खेल असार २६ र २७ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्