पण्डितद्वारा ‘आधासत्य’को लोकार्पण



काठमाडौं । नेपाली साहित्य श्रीवृद्धिको कार्यमा ‘सहयात्री दर्पण नेपाल’ कोसेढुंगा साबित हुने धारणा सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले राख्नुभएको छ ।

राजधानीमा हालै आयोजित एक कार्यक्रमा मन्त्री पण्डितले ‘सहयात्री दर्पण नेपाल’ नामक संस्थाको समुद्घाटन गर्दै उक्त धारणा राख्नुभएको हो ।

सो अवसरमा उपन्यासकार भगवती ढुंगेलद्वारा लिखित उपन्यास ‘आधासत्य’को पनि प्रमुख अतिथिले लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, वरिष्ठ साहित्यकार माया ठकुरी, वरिष्ठ साहित्यकार तथा पत्रकार मोहन दुवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीलगायतले आ–आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न स्रष्टा तथा समाजसेवी, सञ्चारकर्मी एवं संस्थाका आजीवन सदस्यहरुलाई सम्मानित गरिनुका साथै प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोविन्द कँडेल ‘आँसु’ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्