ग्रिजम्यानले फ्रान्सलाई सेमिफाइनल पु¥याए



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपमा अर्को जित हात पारेर फ्रान्स दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा अगाडि बढेको छ ।

रुसमा जारी विश्वकपअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–० ले हरायो । योसँगै फ्रान्स सेमिफाइनलमा पुगेको छ भने उरुग्वेको यसपटको विश्वकप यात्रा क्वाटरफाइनलसम्म रह्यो । १९९८ मा घरमै भएको विश्वकप जितेको फ्रान्स २००६ विश्वकपमा रनरअप भएको थियो । तर उरुग्वे भने १९३० र १९५० विश्वकप जितेपछि विश्वकप फाइनलमा पुग्न सकेको छैन ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यानको भुमिका प्रमुृख रह्यो । ४० औं मिनेटमा ग्रिजम्यानले गरेको फ्रिकिक प्रहारमा राफाइल भरानेले हेडमार्फत् गोलको दिशा दिएका थिए । अर्को गोल ग्रिजम्यान आफैले गरे । उनले ६१ औं मिनेटमा करिब २५ यार्डबाट गरेको कडा प्रहारको बललाई उरुग्वेका गोलकिपरले राम्ररी पन्च गर्न सकेनन् । बल बाहिर जानुको सट्टा जालीभित्र पसेको थियो । फ्रेन्च स्ट्राइकरको यो जारी विश्वकपमा व्यक्तिगत तेस्रो गोल हो ।

उता उरुग्वेले विश्वकपमा पहिलो गोल बेहोरेर पुनरागमन एक पटक मात्रै गरेको छ । १९६६ विश्वकपमा उरुग्वे १–० ले पछि परेर फ्रान्सलाई २–१ ले हराएको थियो । हिजो पनि नीज्नी स्टेडियममा शुरुवातमा गोल गर्ने मौका गुमाएपछि उरुग्वेका लागि दुर्भाग्य बनेको थियो । साथै पोर्चुगलविरुद्ध सानदार दुई गोल गरेको इडिसन काभानी चोट बेहोरेर खेल्न नसक्दा पनि उरुग्वेको एट्याकिङ कमजोर बनेको थियो । उनको अनुपस्थितमा बार्सिलोनाका स्टार खेलाडी लुइस सुआरेजले पनि फ्रान्सको डिफेन्स खलबल गर्न सकेनन् ।

 

ग्रिजम्यान विश्वकपको नकआउट चरणमा गोल र एसिस्ट गर्ने २००६ पछिका पहिलो फ्रेन्च खेलाडी बनेका छन् । जर्मनीमा भएको उक्त विश्वपकपमा प्याट्रिक भिइराले स्पेनविरुद्ध एक गोल र एक एसिस्ट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्