रुस र चीन लगायतका केही शक्तिशाली मुलुक इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा



अष्ट्रिया ।
इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन र जर्मनीसहितका विश्वका शक्ति राष्ट्रहरूले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिदै आएकोे छ ।

शुक्रबार तीन यूरोपेली शक्तिराष्ट्र, रूस र चीनले इरानसँग संयुक्त विज्ञप्ति जारी गरी आफूहरू इरानसँग आर्थिक सम्बन्ध राख्न प्रतिवद्ध रहेको जनाएका छन् । उनीहरूले इरानले तेल र ग्यास लगायतका अन्य इन्धनजन्य उत्पादन आपूर्ति गर्न पाउने पनि विज्ञप्तिमा जनाएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्