व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई



सोफिया ।
चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताउनुभएको छ ।
अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी यस्तो चेतावनी दिनुभएको हो ।
“व्यापार युद्धले कुनै पक्षलाई पनि फाइदा हुदैन, बरु यसले स्वतन्त्र व्यापारलाई असर गर्छ, बहुआयामिक प्रभाव पार्छ,” उहाँले भन्नुभयो ।
सोफियामा भएको १६ युरोपेली संघ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरु ९बाल्कन० को शिखर सम्मेलनमा उहाँले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गर्नुभयो ।
“यदि कुनै देशले सीमा शुल्क बृद्धि गर्न चाहन्छ भने त्यसलाई चीनले त्यही तरिकाले प्रतिक्रिया जनाउने छ,” उहाँले भन्नुभयो ।
अमेरिका र चीनले जस्तालाई त्यस्तै भने झै एक अर्काको आयातमा सीमा शुल्क बृद्धि गरेका छन् । यसलाई विश्वमै अहिले सम्मकै सवै भन्दा ठुलो व्यापारिक युद्धका रुपमा लिइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्