आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने



वासिङटन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको डिएनए परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य र मानव सेवा एजेन्सी ९एचएचएस०ले बिहीबार सो जानकारी दिएको छ । जन्मदर्ता र अन्य विभिन्न प्रमाणको तुलनामा डिएनए परीक्षण बढी भरपर्दो हुने सो विभागले बताएको छ ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिका र उनीहरुका आमाबाबुले यही जुलाई १० बाट डिएनए परीक्षण गराउन सक्ने बताइएको छ ।

त्यसैगरी जुलाई २६ बाट अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा छुट्टिएका सबै बालबालिका र उनका आमाबाबुको डिएनएन परीक्षण गर्नसक्ने जानकारी गत महिना सान डियागोमा आयोजित एक कार्यक्रममा अमेरिकी न्यायाधीश डिना सबरौँले बताउनुभएको थियो ।

डिएनए परीक्षण नगरी बालबालिकालाई उनीहरुका आमाबुबा भनेर सुम्पिन नसकिने एचएचएसका अधिकारीले जानकारी दिएका छन् ।

कागजी प्रमाण पेस गरेर आमाबाबु हौँ भनेर गरिने दाबीकै आधारमा बालबालिका जो कोहीलाई सुम्पिन नसकिने उनीहरुको दाबी रहेको छ ।

एचएचएसका अध्यक्ष एलेक्स आजारले डिएनए परीक्षण गर्नुपर्ने बालबालिका र उनका परिवारको यकिन सङ्ख्या भने दिनुभएको छैन ।

तर पनि यो सङ्ख्या तीन हजारभन्दा कम नै भएको उहाँले बताउनुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्