छोराछोरीको हत्यापछि आत्महत्या



सिड्नी ।
अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।

प्रहरीले शुक्रबार सो जानकारी दिएको छ । सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिनापछि भएको प्रहरीले थप जानकारी दिएको छ ।

सिडनीमा अवस्थित एक घरमा छिमेकीले गत बिहीबार गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ एक १५ वर्षीय किशोर १३ बर्षीया किशोरीको शव फेला परेको थियो ।

ती किशोरकिशोरका पिता जोन इदबर्डस् नामक ती व्यक्तिको शव भने शुक्रबार घटनास्थलदेखि नजिकै फेला परेको थियो ।

इदबर्डस्को शव फेला परेको स्थानमा दुई वटा शक्तिशाली बन्दुकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार ती पिताको आफ्ना छोरा छोरीलाई मार्ने आफूले पनि आत्महत्या गर्ने योजना नै रहेको थियो । उनले ‘लाइसेन्स’ प्राप्त बन्दुक प्रयोग गरेका थिए ।

ती किशोर किशोरीकी ३६ वर्षीया आमा भने दुई वर्ष पहिलादेखि नै अलग्गै बस्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।

जसका कारण उनका पति निकै तनावमा रहेका र यो नै किशोर किशोरीको हत्याको कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको समाचारमा जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्