नेयमारको नक्कल गर्दै बाल खेलाडी



लन्डन, (एजेन्सी)
विश्वकपमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोपछि जसको चर्चा बढी भयो ती हुन् ब्राजिली स्टार नेयमारको। नेयमार आफ्नो फुटबल कलाबाट भन्दा पनि चर्तिकलाले चर्चामा रहेका हुन्। मैदानमा लगाएको अतिरिक्त छलाङलाई लिएर नै उनीमाथि सोसल साइट्समा चर्चा भइरहेको छ। नेयमारलाई विपक्षी खेलाडीले छोए मात्र पनि उनी मैदानमा लडेर पीडा देखाउने गर्छन्।

सोसल साइट्समा मान्छेहरूले नेयमारको यस्तो चाला खेलको एक कला भन्दै उनको जमेर आलोचना गर्दै आएका छन्। यसै घटना क्रममा केही तथ्यांक पनि अगाडि आएको छ। नेयमारका कारण खेल प्रभावित भइरहेको छ। तथ्यांकअनुसार नेयमारले ४ खेलमा ८ सय ४० सेकेन्ड (१४ मिनेट) चोट या चोटको बहाना बनाएर मैदानमा रहेका छन्।

अर्को एक फुटबल एकेडेमीका बच्चाहरूले समेत नेयमारको ठट्टा गरेर भिडियो बनाई ट्विटरमा पोस्ट गरेका छन्। यसमा १० जना बालक बल लिएर दौडिरहेको देखिन्छन्। फेरि केही समयपछि मैदानमा लड्छन् मानौं कसैले पछाडिबाट धक्का दिएको छ। यसपछि बच्चाहरू ठीक त्यस्तै शैली अपनाउँछन् जस्तो नेयमारले मैदानमा खेल दौरान गर्छन्।

प्रतिक्रिया दिनुहोस्