फिफाद्वारा म्याराडोनाको निन्दा



मस्को, (एजेन्सी)
फिफाले अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोनाको एक बयानलाई लिएर निन्दा गरेको छ। म्याराडोनाले अन्तिम १६ को खेलमा कोलम्बिया रेफ्री मार्क जेइगेरले गर्दा हारेको बताएका थिए। विश्वकप विजेताले इंग्ल्यान्डको जितलाई लुट भनेर प्रतिक्रिया दिएपछि फिफाले निन्दा गरेको हो।

म्याराडोनाले भेनेजुएलाको एक टिभी च्यानललाई बताएका थिए– ‘म कोलम्बियाका जनतासँग माफी माग्छु तर उनका खेलाडी दोषी छैनन्। फिफा रेफ्री प्रमुख पी कोलिनाले खेलमा यस्ता रेफ्री नियुक्त गर्छन्। जुन रेफ्री बन्न लायक थिएनन्।’

प्रत्युत्तरमा फिफाका प्रवक्ताले भनेका छन्– ‘इतिहास रच्ने खेलाडीको यस्तो बयान खेदजनक छ। डिएगो अर्माडो म्याराडोनाको बयानलाई फिफा कडा आलोचना गर्छ। अति भावुक र कठिन वातावरणमा खेलेको खेलमा खेल अधिकारिहरूलाई निन्दा गर्नु आपत्तिजनक छ।

प्रतिक्रिया दिनुहोस्