कारबम विस्फोटमा तालिबानका १ वरिष्ठ कमाण्डरसहित ३ आतङ्ककारी मारिए



अफगानिस्तान ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोटमा परी तालिबानका एक वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारी मारिएका छन् ।

यस विस्फोटमा परी कम्तीमा चार जना तालिबान घाइते भएका छन् ।

प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले यस घटना र हताहतको पुष्टि गर्नुभएको छ ।

नान्गाहार प्रान्तको खोगाीआनी जिल्लामा एउटा कारमा बम जडान गरिएको र सोही विस्फोटमा परी तालिबानका वरिष्ठ कमाण्डर मुल्लाह हाकिमुल्लाहसहित तीन आतङ्ककारी मारिएका हुन् ।

यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।
रासस

प्रतिक्रिया दिनुहोस्