वागदादीका छोरा सिरियामा मारिए



दमास्कस,(एजेन्सी)
लडाकु समुह इस्लामिक स्टेट ( आइएस ) का नेता अवु बाकर अल वागदादीका एकजना छोराको सिरियामा भएको एक भिडन्तमा ज्यान गएको आइएस न्युज आउटलेटले जनाएको छ ।

टेलिग्राम म्यासेजले होम्स प्रान्त स्थित उर्जा केन्द«मा सिरियाली सरकार र रुसी फौज विरुद्ध चलाइएको कमान्डो अपरेसनमा हुधायफाह अल–बादरीको ज्यान गएको बताएको छ ।
यस न्युज आयटलेटले अन्य विस्तृत विवरण नदिए पनि अल–बादरीको राइफल बोकेको एउटा तस्वीर सार्वजनिक गरेको छ । वास्तविक नाम इव्राहिम अवाद इव्राहिम अल –बादरी रहेका उनका पिताको अत्तोपत्तो थाहा हुन सकेको छैन । तर उनी अझै जिवितै रहेको अनुमान गरिन्छ ।

संयुक्त राज्य अमेरिकाद्वारा टाउकोको मुल्य २ करोड ५० लाख तोकिएका वागदादी मारिएको वा घाइते भएको थुप्रै पटक खवरहरु सार्वजनिक भइसकेका छन् । उनी सन् २०१७ को सेप्टेम्वर यता कतै सार्वजनिक भएको छैन ।

उनले अन्तिम पटक पश्चिमी जगत विरुद्ध र सिरिया र इराकमा युद्ध जारी राख्न आफ्न समर्थकहरुलाई आब्हान गरेका थिए । उनको पारिवारिक पृठभुमिबारे कमै जानकारी बाहिरिएको छ । तर जिहादी सम्बन्धी विशेषज्ञ हिसाम अल– हासिमीले अल–वादरीको सन् २००० मा इराकको समारा शहरमा जन्म भएक ेबताएक छन् ।

प्रतिक्रिया दिनुहोस्