गजबको संजोग



मस्को, (एजेन्सी)
स्पेनलाई नकआउट चरणमा हराएको रुसी टोलीको तारिफमाथि तारिफ भइरहेको छ । यो थमिरहेको पनि छैन । वास्तवमा यो खेलको नायक गोलकिपर इगोर एकीनफीभ हुन् । उनले स्पेनको दुई पेनाल्टी बचाएका थिए । सोसल साइटसमा उनको चर्चा पनि धेरै भएको छ ।

 

तर एक फुटबल समर्थकले एकीनफीभसँग जुडेको संयोगसँग सबैलाई जानकारी गराएका छन् ।

विश्वकप शुरु हुन अगाडि रुसको प्रबन्धनले १०० रूबलको नोट जारी गरेको थियो । यसमा रहेको होलोग्राममा एक गोलकिपरको प्रतिबिम्ब छ जुन बललाई गोलपोस्टमा जानबाट रोकिरहेको छ । यदि ध्यानसँग हे¥यौ भने जुन शैली होलोग्राममा गोलकिपरको छ ठीक त्यस्तै एकीनफीभले पेनाल्टी शुटआउटमा बचाएको शैली उस्तै थियो ।

फुटबल समर्थकहरु यसलाई गजबको संजोग मानिरहेका छन् । बैंक अफ रसियाले जारी नोटको होलोग्राम र एकीनफीभको उक्त एक्सनको फोटो एकसाथ आफनो अफिसियल ट्विटरमा पोस्ट गरेको थियो । जसलाई हेर्दा उस्तै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्