कोलम्बियाका खेलाडीलाई धम्की



लन्डन, (एजेन्सी)
कोलम्बियाका दुई खेलाडीले इंग्ल्यान्डविरुद्धको पेनाल्टी शुटआउटमा गोल गर्न सकेनन् । सोसल मिडियामा उनीहरुलाई मार्ने धम्की आएको बताइएको छ ।

 

म्याटेउस उराइब र कार्लोस बाक्कालाई धमाधम धम्की आइरहेकोले उनीहरुलाई घर नजान पनि केहीले सल्लाह दिएको छ । उराइबको किक क्रसबारमा ठोक्यो भने बाक्काको किकलाई इंग्लिस गोलकिपर पिक्फोर्डले बचाएका थिए ।

बाक्काका धेरै जसो समर्थकले खराब पेनाल्टी भएकोले खेलाडीलाई चेतावनी दिएको पनि छ कि उनीहरुलाई मार्नेछ र छिटै कोलम्बिया नफर्कन भनेर पोस्ट गरेका छन् । कार्लोस सान्चेजलाई यसअघि नै मार्ने धम्की दिइरहेकोमा प्रहरीले अनुसन्धान गरेको थियो ।

जापानविरुद्धको खेलमा सान्चेजले खेलको तेस्रो मिनेटमै रातो कार्ड बेहोरेका थिए ।
केही क्रुद्ध फुटबल समर्थकले हिजो एन्डे«स इस्कोबारको हत्या भएको २४ औं वर्ष भएको स्मरण गराएका थिए ।

सन् १९९४ विश्वकपमा आत्मघाती गोलले हारेको भन्दै एसकोबारलाई कोलम्बिया फर्केको १० दिनपछि गोली ठोकेर मारिएको थियो । उनले २७ वर्षको युवा उमेरमै ज्यान गुमाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्