काभानीको चोट सामान्य



मस्को, (एजेन्सी)
जारी विश्वकपको अन्तिम १६ अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा चोट बोकाका उरुग्वेली स्ट्राइकर एडिन्सन कभानीको चोट सामान्य भएको उरुग्वे फुटबल संघले जनाएको छ ।

पोर्चुगलविरुद्ध निर्णायक दुई गोल गरेर उरुग्वेका नायक बनेका स्ट्राइकर इडिन्सन काभानीले चोटका कारण उक्त खेल पुरा समय खेल्न सकेनन् । बायाँ पिडौंलाको माशंपेशीमा समस्या देखिएपछि उनलाई परिवर्तन गरिएको थियो । तर, संघले टोली र समर्थकका साथ सुखद खबर भएको उल्लेख गर्दै सुरुमा अनुमान गरिएको जस्तो चोट गम्भिर नरहेको बताइएको छ ।

सुरुमा पिडौंलामा गम्भिर चोटको अनुमान गरिए पनि सामान्य माशंपेशी च्यातिएको बताइएको छ । यद्दपी टोलीको अभ्यास सत्रमा भने उनले केहि संघर्ष गरिरहेका छन। उरुग्वेले शुक्रबार फ्रान्ससँग क्वार्टरफाइनल खेल्नेछ । काभानीले सो खेल्ने वा नखेल्ने कुराको भने अझै टुङ्गो लागेको छैन।

प्रतिक्रिया दिनुहोस्