मार्सेलो, डानिलो र कोस्टा तयार हुँदै



मस्को, (एजेन्सी)
रसियामा जारी विश्वकपको बेल्जियमविरुद्ध हुने क्वाटरफाइनलका लागि ब्राजिलका मार्सेलो, डेनिलो र कोस्टा तयार हुदैछ ।

बेल्जियम जस्तो कठिन प्रतिद्वन्दीलाई क्वाटरफाइनलमा पाखा लगाउँदै छैटौं पटक विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई घाइते अवस्थामा रहेका तीन खेलाडीको ‘कमब्याक’ ले राहत मिल्न सक्नेछ । विश्वकप सुरु भएपछि विन्गर डग्लास कोस्टा, लेफ्ट ब्याक मार्सेलो र राइटब्याक डेनिलो घाइते हुँदा ब्राजिलियन टिममा तनाव थपिएको थियो । तर तीनै खेलाडी बेल्जियम विरुद्ध खेल्नु अघि प्रशिक्षणमा सहभागी भएका छन् ।

रियल मेड्रिडका डिफेन्डर मार्सेलो र म्यानचेस्टर सिटीका डिफेन्डर डेनिलो घाइते हुँदा प्रशिक्ष टिटेमाथि दवाव बढेको थियो । तर, उनीहरुको विकल्पमा टिटेले फिलिपे लुइस र फेन्गरलाई मैदान उतारेका थिए । टिटे नेतृत्वको ब्राजिलको डिफेन्स निकै बलियो मानिन्छ ।

ब्राजिलले २५ खेलमा ६ गोल मात्रै खाएको छ, जुन टिटे नेतृत्वको एउटा कीर्तिमान नै बनेको छ । बेल्जियम विरुद्ध यी तीन खेलाडीको पुनरागमनसँगै अग्रपंक्ति र डिफेन्समा थप सुधार हुने टिटेले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्