नविता ब्रान्ड एम्बासडर



काठमाडौं, (नेस)
विजेश्वरी माविले आफ्नो पूर्व विद्यार्थी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मुख्यतः विजेश्वरी स्कुल र स्कुलको टेबलटेनिसको प्रवद्र्धनलाई गरिएको सम्झौता हाललाई एक वर्षको हुनेछ । अवस्था हेरेर पछि सम्झौता लम्बिन सक्ने विजेश्वरीकी प्रिन्सिपल तुलाधरले बताइन् । ‘ब्रान्ड एम्बासडर’ भए वापत विजेश्वरीले नवितालाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने छ । कुनैपनि संस्थाले टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको यो नै पहिलो पटक भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्