आर्मी ह्याट्रिक उपाधि निकट



काठमाडौं, (नेस)
त्रिभुवन आर्मी क्लब तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बुधबार सेमिफाइनल खेलमा आर्मीले मोरङलाई २–१ ले हराएको हो । योसँगै विभागिय टोली उपाधिमाथि ह्याट्रिक गर्न अग्रसर भएको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को सेमिफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्डस् क्लबलाई पेनाल्टी शुटआउटमा हराएर शुक्रबार हुने उपाधि भिडन्तमा आर्मीसँग खेल्ने पक्का ग¥यो । निर्धारित र अतिरिक्त समयसम्म गोलरहित बराबरीमा टुंगिएको थियो ।

अजय मण्डलले आत्मघाती गोल गरेर मोरङलाई पछाडि पारेका थिए । सो उपहार पाएको गोलसँगै आर्मी १० औं मिनेटमा १–० ले अगाडि बढेको थियो । मोरङका मनिष थापो ५५ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । तर सेसेहाङ आङदेम्बेले इन्जुरी समयमा गोल गर्दै आर्मीको जित पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्