मूर्तिलाई नोक्सान पार्ने पक्राउ



मस्को, (एजेन्सी)
इंग्ल्यान्ड र कोलम्बियाबीचको खेल आयोजना गरेको स्टेडियमस्थित एक मूर्तिलाई नोक्सान पारेपछि एक व्यक्तिलाई पक्राउ गरिएको मस्कोका प्रहरीले बताएका छन् । सोसल मिडियामा स्पार्टक मस्कोका पूर्व खेलाडी फयोदो चेरेनकोभको मूर्ति राखिएको छ । जसमा उनको छातीमा रातो रंगले कसैले इंग्ल्यान्ड लेखिएको छ । चेरेनकोभका ती खेलाडीको २०१४ मा निधन भएको थियो ।

प्रहरीले बताएका छन् कि जाँच चलिरहेको छ र कार्वाहीपछि मूर्तिलाई नोक्सान गर्ने व्यक्तिको चिनारी भइसकेको र उनलाई पक्राउ गरिएको बताए । इंग्ल्यान्डले पेनाल्टी शुटआउटमा कोलम्बियालाई हराएको बखत भएको घटनाले ती पक्राउमा परेका व्यक्तिले खेल नहेरेको प्रहरीले दावी गरे । मूर्तिमा नोक्सान गरेपछि सोसल मिडियाको नेटवर्कमा इंग्ल्यान्डका प्रशंसकहरुको तीव्र आलोचना भइरहेको छ । रुसका जनताले नोक्सान गरेका व्यक्तिलाई खराब पाहुना पनि घोषित गरिदिएका छन् ।

रुसबाहिर चेरेनकोभलाई त्यति चिन्दैनन् तर उनी स्पार्टकका प्रशंसकका नायक हुन् । उनले क्लबसँग तीन सोभियत उपाधि र एक रुसी उपाधि जितेका थिए । जब २०१४ मा ५५ वर्षको उमेरमा ब्रेन ट्युमरको कारण उनको निधन भएको थियो । उनको अन्तिम संस्कारमा हजारौं प्रशंसकले भाग लिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्