विश्वकपमा खराब खेलहरू



रुसमा भइरहेको विश्वकप समाप्ततिर अग्रसर भइरहेको अवस्थामा एक खराब खेल निस्केको छ । इंग्ल्यान्ड र कोलम्बियाबीच भएको नकआउट चरणको अन्तिम खेललाई खराब खेलको संज्ञा दिइएको छ । म्याच रेफ्री मार्क गेइगरले ८ पहेँलो कार्ड दिनु परेका थिए ।

 

जसमा ६ वटा कार्ड कोलम्बियन खेलाडीकै लागि रेफ्रीले निकाल्नु परेका थिए । जोर्डान हेन्डरसनलाई विल्मार बारियोसले घचेटेका थिए । यसैले इंग्ल्यान्डले पेनाल्टी हान्ने मौका पायो । तर विल्मार रातो कार्डबाट बचेका थिए । यो खेल १–१ बराबरी पछि पेनाल्टी शुटआउटमा इंग्ल्यान्ड विजयी भयो ।

यसअघि पनि खराब खेलहरु विश्वकपमा भएका थिए । ती खेल यस प्रकारका छन् ।

क्यामरुन विरुद्ध अर्जेन्टिना, १९९०
विश्वकपमा क्यामरुनले अर्जेन्टिनालाई हराएर सबैभन्दा स्तब्ध नतिजा निकालेको थियो । डिएगो म्याराडोनाको टोली उपाधि रक्षाको लागि इटालीमा खेल्न आएको थियो । तर पहिलो खेलमै क्यामरुनसँग हार्न पुग्यो । क्यामरुनको यो सबैभन्दा ठूलो जित पनि थियो । यो खेलमा ३० फाउल भएको थियो । अर्जेन्टिनाबाट मात्र ९ फाउल भएको थियो । क्यामरुनका एन्ड्रे बियिक र बेन्जामिन मासिंगले क्लाउडियो क्यानिजियालाई गम्भीर ट्याकल गर्दा रातो कार्ड बेहोरेका थिए ।

पोर्चुगल विरुद्ध ब्राजिल, १९६६
पेल र ब्राजिल विश्वकप रक्ष ागर्नको लागि इंग्ल्यान्डमा खेल्न आए । तर गुडिसन पार्कमा पेलेलाई बुल्गेरियाविरुद्धको खेलमा ठूलो चोट पु¥याइएको थियो । उनी पोर्चुगलविरुद्ध खेल्न तयार हुँदा जोआओ पिन्टोले पेलेको चोट परेको घुँडामा अझ चोट पु¥याएका थिए । उनले ब्राजिली खेलाडीलाई प्रहार गरेका थिए । पेले यसपछि यसरी घाइते भए कि उनी हिँडन पनि सकेको थिएन । पोर्चुगल ३–१ ले जितेपछि दुई पटकको डिफेन्डिङ च्याम्पियन नकआउट भयो ।

पोर्चुगल विरुद्ध हल्यान्ड, २००६
यी दुईबीचको खेलमा पोर्चुगलका गोल्डेन जेनेरेशनले चर्चित फिगो, रोनाल्डो तथा ग्लेमर्स डचबीच खराब खेलको नमूना पेश भएको थियो । रेफ्री भालेटीन इभानोभले चार रातो कार्ड र १६ पहेँलो कार्ड देखाएका थिए । जसमा पोर्चुगलका डेको र कोस्टिना तथा हल्यान्डका खािलड र ब्रोन्कोरोस्ट मैदानबाहिर जानु परेका थिए । जबकी फिगोले मार्क भान बोमेललाई हेडबट गर्दा पहेँलो कार्ड बेहोर्नबाट बचेका थिए ।

पश्चिम जर्मनी विरुद्ध हल्यान्ड, १९९०
अन्तिम १६ को खेलमा जर्मनीका रुडी भोलरलाई हल्यान्डका फ्रान्क राइकार्डले थुकेका थिए । राइकार्डले भोलरलाई ट्याकल लगाएका थिए । पछि पहेँलो कार्ड पाएको रिसमा उनीमाथि थुकेको टिभीमा स्पष्ट देखिएका थिए । उनीहरु फेरि झगडा गरेका थिए । भोलर र राइकार्ड सेन्ट अफ भएका थिए ।

स्पेन विरुद्ध हल्यान्ड, २०१०
यो विश्वकपमा स्पेन र हल्यान्डबीचको खेलमा १४ कार्ड देखाएको थियो । जसमा एक रातो कार्ड पनि सामेल थियो । हल्यान्डकाका जोनी हेइटीन्गा रातो कार्डका भागीदार भएका थिए । यो खेलको १३ मिनेटमा ५ बुकिङ भएको थियो । निगेल डि जोंगले जाबी एलोन्सोलाई हाई कराते किक हान्दा पनि रातो कार्डको हकदार भएको थिएन । डच लिजेन्ड जोहान क्रुएफले आफनो देसको खेललाई फुटबलविरुद्ध भनेर प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्