राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो आर्मी क्लब



काठमाडौँ ।
ललित स्मृति १८ वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । आर्मीको जीतमा पूर्णबहादुर श्रेष्ठ र सेसेहाङ आङदेम्बेले एक÷एक गोल गरे ।

खेलको पहिलो हाफको १०औँ मिनेटमा आर्मीका श्रेष्ठले एक गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा एक खायो ।

मोरङका मनिष थापाले खेलको ५५औँ मिनेटमा एक गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा रह्यो तर खेलको दोस्रो हाफको इन्जुरी समयमा आर्मीको आङदेम्बेले थप एक गोल गरेपछि आर्मीको जीत पक्का भयो ।
रासस

प्रतिक्रिया दिनुहोस्