एक्काइसौँ सताब्दीको विश्वः हिउँ र बादलको पनि चोरी गरियो



तेहरान, तपाईले आजसम्म बहुमूल्य बस्तुदेखि लिएर माया प्रेममा निद्रा चोरी भएको कुरा त सुन्नु भएको छ । तर, बादलको चोरी भएको घटना हालसम्म सायद सबैका लागि नयाँ हुन सक्छ । हो साँच्चैनै बादलको पनि चोरी भएको छ । एक देशले अर्को देशमाथि हिउँ र बादलको चोरी गरेको आरोप लगाएको छ ।

लगभग असम्भव जस्तै लाग्ने यो घटना इरानको हो । इरानका एक बिग्रेडियर जनरलले इजरायलमाथि आफ्नो देशको बादल तथा बरफ चोरी गरेको आरोप लगाएका छन् । तपाइलाई लाग्न सक्छ, कि यो कसरी भयो ?

तर इरानका ब्रिगेडियर जनरल प्रमुख गुलाम रजा जलालीले इरानमा भइरहेको जलवायु परिवर्तनमा इजरायल शंकाको घेरामा रहेको बताएका छन् । अन्य देशका साथसाथै इजरायलले इरानमा वर्षा नहोस् भन्ने कोशिश गर्दै आएको छ । इरानमा सुख्खा लाग्नुलाई उनले इजराजयलमाथि दोष लगाएका छन् । यद्यपि इरानी मौषम विभाग उनको यो कुरासँग सहमत भने छैन ।

अफगानिस्तान तथा भूमध्य सागरको बीचमा रहेको २२ सय मिटरको पहाडी हिस्सा हिउले ढाकिदै आएको छ । तर इरानमा यस्तो भएको छैन । यो कुरालाई जलालीले पनि उठाएका छन् ।

यद्यपि इरानमा कोही अधिकारीले बादल चोरीको आरोप लगाएको पहिलो घटना होइन । यो भन्दा पहिले २०११ मा पूर्व राष्ट्रपति महमूद अहमदिनेजादले पश्चिमा देशका कारण इरानमा सुख्खा लागेको बताएका थिए । उनले युरोपेली देशले एक विशेष किसिमको उपकरण प्रयोग गरेर बादललाई आफ्नो नियन्त्रणम लिएको आरोप लगाएका थिए ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्